Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

बेमौसमी तरकारी , विउ विजन उत्पादनको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

फागुन १० । देवदह नगरपालिका वडा नं ४ को आयोजना मा बेमौसमी तरकारी , विउ विजन उत्पादनको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै देवदह नगरपालिका का  माटो विशेषज्ञ आश्विनी कुमार शर्माले देवदह क्षेत्रमा आर्ग्निक तरकारीको निकै ठूलो संभावना रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका शर्माले बेमौसमीखेती गर्दा पानीको कसरी सिंचाई गर्ने , मलखाद कसरी प्रयोग गर्ने र कुन वालीको लागि कस्तो किसीमको माटो उपयुक्त हुन्छ भन्ने वारेमा समेत जानकारी गराउनु भएको थियो । वडा नं. ४का वडा अध्यक्ष दिपक चापागाईको अध्यक्ष्तामा भएको कार्यक्रममा वोल्दै चापागाईले देवदहको विकासको लागि नगरपालिकाले उपभोक्तको हितमा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै जाने वताउनु भयो । कार्यक्रममा देवदह नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रमेश शर्मा भूषाल २ का वडा अध्यक्ष धर्मागत पाण्डे ,३का वडा अध्यक्ष वैकुण्ठ वहादुर कुंवर वडा सचिव विनोद ज्ञवाली वोर्ड सदस्य शान्ता भट्टराई साथै ३९ जना कृषक लगाएतको सहभागिता रहेको थियो । ंकार्यक्रममा ३९ जना कृषकलाई मकै , करेला, घिरौला ,वोडी लगाएतका विउ विजन निशुल्क वितरण गरिएको वडा नं. ४का वडा अध्यक्ष दिपक चापागाईले वताउनु भयो ।

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top