Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालय देवदहमा झण्डात्तलोन

फागुन १० । ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालय देवदहमा झण्डात्तलोन गरिएको छ । एक कार्यक्रमका वीच प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले उक्त झण्डात्तलोन गर्नु भएको हो । ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालयले हरेक बर्ष शिवरात्रीको अवसरमा गरिने कार्यक्रम केही प्राविधिक समस्याले गर्दा पछि गरिएको हो । सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य डा. न्यौपानेले देवदहलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफुहरुले पहल गर्ने बताउनु भयो । उहाले देवदह ऐतिहासिक स्थल रहेकोले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार लागि पर्ने दावी गर्नु भयो । उहाले सवैको सहयोगले मात्र समृद्ध राष्ट्र निर्माण हुने हुदा हरेक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको सहभागितामा मात्र त्यो संभव रहेको बताउनु भयो । कार्यक्रममा जीवलाल पराजुली, वालकुमार श्रेष्ठ, तुल्सीराम न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top