Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

शिक्षा विना समृद्ध राष्ट्र निर्माण हुन नसक्ने प्रदेश ५ का भौतिक पुर्वाधार एवं विकास मन्त्री बैजनाथ चौधरी

फागुन ११ । शिक्षा विना समृद्ध राष्ट्र निर्माण हुन नसक्ने प्रदेश ५ का भौतिक पुर्वाधार एवं विकास मन्त्री बैजनाथ चौधरीले बताउनु भएको छ । उहाले गुणस्तर शिक्षाको लागि अभिभावकहरु सचेत र सजग हुनु पर्नेमा जोड दिदै विद्यालयको भौतिक पुर्वाधार विकासको लागि प्रदेश सरकार लागि पर्ने बताउनु भयो । ज्योति माध्यमिक विद्यालय सुनवल–७, अस्नैयाको ३६ औं बोर्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । मन्त्री चौधरीले अभिभावक, शिक्षक र विद्यार्थीहरुको मेहेनतले मात्र गुणस्तर शिक्षा प्रदान गर्न सकिने भन्दै विद्यालयको व्यवस्थापकीय पक्ष राम्रो हुनु पर्नेमा जोड दिनु भयो । उहाले आ–आफना वालवालिकाको शिक्षाको वारेमा अभिभावकहरुले बेला बेलामा चासो राख्नु पर्नेमा जोड दिनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्षबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सुनवल नगरपालिका उपप्रमुख दधिराम अर्याल, नगरशिक्षा अधिकृत हेमराज अर्याल, सुनवल–७, का वडा अध्यक्ष वसन्त दहाल, अस्नैया आदर्श बहुमुखी क्याम्पसका प्रमुख मनोज शर्मा, महामाया भवानी माविका वावुराम पौडेल, अन्नपूर्ण बोडिङ्ग स्कुलका डम्वबहादुर गुरुङ्ग, भविष्य निर्माण माविका गोविन्दप्रसाद भूषाल, पुर्वअध्यक्ष नारायण भूषाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सोही अवसरमा भुतपुर्व विद्यार्थी मञ्चद्वारा विज्ञान प्रदर्शनी प्रतियोगिता समेत आयोजना गरेको थियो । सो अवसरमा विद्यालयका निमित्त प्रअ यादव खड्काले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । शिक्षक शिवप्रसाद ढकालको स्वागत र राजेन्द्र काप्mलेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा शैक्षिक पुरस्कार समेत प्रदान गरिएको थियो ।

ON AIR

खबरै खबर

UP NEXT

स्थानिय समाचारहरुको संगालो

Back to Top