Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

दक्ष जनशक्ति उत्पादनको लागि व्यवसायीक शिक्षा नीति आवश्यक रहेको प्रदेशसभा सदस्य डा. कृष्णप्रसाद न्यौपाने

फागुन ११ । दक्ष जनशक्ति उत्पादनको लागि व्यवसायीक शिक्षा नीति आवश्यक रहेको प्रदेशसभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले बताउनु भएको छ । उहाले व्यहारिक शिक्षाले मात्र आत्मनिर्भर बन्न सक्नेमा जोड दिनु भयो । नमुना एभरग्रिन बोडिङ्ग स्कुल देवदह–२, ढेकावरको १६ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले देवदहलाई शैक्षिक हवको रुपमा विकास गर्न संस्थागत विद्यालयहरुले अह्म भूमिका भएकोले देवदह क्षेत्रमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरु वीच समन्वयको आवश्यक रहेको बताउनु भयो । उहाले वालवालिकालाई कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बेला बेलामा सरोकारवालाहरु वीच अन्र्तक्रिया आवश्यक रहेको औल्याउनु भयो । सोही अवसरमा बोल्दै एन प्याव्सनका केन्द्रिय सदस्य कृष्णप्रसाद पौडेलले राज्यले संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिनु भयो । उहाले अहिले संस्थागत विद्यालयहरुले राज्यलाई कर तिरेपनि निजी क्षेत्रले शिक्षा क्षेत्रमा गरेको लगानीको सुरक्षा गर्न नसकेको बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुमान सिंह केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका सहायक जिल्ला शिक्षा अधिकारी धनश्याम भूषाल, एन प्याव्सनका प्रदेश ५ का सहसचिव होमनाथ ढुंगाना, जिल्ला अध्यक्ष देउप्रकाश राई, ईप्सा रुपन्देहीका अध्यक्ष बोधराज गौडेल, भविष्य निर्माण माविका गोविन्दप्रसाद भूषाल, नारायणी पव्लिक स्कुलका कृष्णबहादुर क्षेत्री लगातयले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक विष्णुप्रसाद पौडेलले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सोही अवसरमा शैक्षिक पुरस्कार समेत वितरण गरिएको थियो । प्रिन्सिपल कमल पौडेलको स्वागत र सन्तोष पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top