Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

ऐतिहासिक र पुरातात्विक नगरी देवदहको पहिचान र विकासका लागि देवदह परिचय र बौद्ध शिक्षा बिषयक स्थानिय पाठयक्रम लाग

फागुन ११ । देवदह नगरपालिकाको स्थानिय पाठयक्रम निर्धारण समितीको बैठक सम्पन्न भएको छ । समितिका संयोजक सिद्धिचरण भटराईको अध्यक्षता र नगर प्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । ऐतिहासिक र पुरातात्विक नगरी देवदहको पहिचान र विकासका लागि देवदह परिचय र बौद्ध शिक्षा बिषयक स्थानिय पाठयक्रम लागु गर्ने नगरपरिषदको निर्णय बमोजिम देवदहका विद्यालयहरुमा कक्षा ६ र ७ मा यो कार्यक्रम लागु भईरहेको छ । बैठकले गतबर्ष ६ कक्षामा मात्र सिमित भएको यो पाठयक्रम आगामी शैक्षिक सत्र देखि निजी तथा आवासीय बिद्यालयमा समेत लागु गर्ने गरी तयारी गरेको छ । बैठकले पाठयपुस्तक सम्पादन र प्रकाशनका लागि निर्मल ढुंगानाको संयोजकत्वमा ५ सदस्यीय समिती बनाएको छ भने अंग्रेजी बिषयमा अनुवाद गर्नका लागि कृष्ण पौडेलको अध्यक्षतामा ५ सदस्यीय अनुुुवाद समिती बनाएको छ । जसमा रामबहादुर गुरुंग, होमनाथ शर्मा, बाबु बस्नेत रहनु भएको छ । नगर उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्ग सहितको उपस्थिीतिमा बसेको बैठकले स्थानिय पाठयक्रम लागु भएका बिद्यालयको अनुगमन समेत गर्ने निर्णय गरेको छ ।

ON AIR

खबरै खबर

UP NEXT

स्थानिय समाचारहरुको संगालो

Back to Top