Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

गाउ वन समन्वय सञ्जाल रुपन्देहीको मासिक बैठक देवदहको भलुहीमा सम्पन्न

फागुन ११ । गाउ वन समन्वय सञ्जाल रुपन्देहीको मासिक बैठक देवदहको भलुहीमा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षता र सेक्टर वन कार्यालय शितलनगरका सहायक वन अधिकृत कृष्णप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा गर्मी याम शुरु भएसंगै वन क्षेत्रमा आगलागी हुन सक्ने भन्दै वन डढेलोलाई निरुसाहित गर्न सम्पूर्ण सामुदायिक वनहरु लाग्ने निर्णय गरेको छ । बैठकले वन डढेलो नियन्त्रणको लागि विगतका अनुभवलाई आत्मसाथ गर्दै अगाडि बढ्ने निर्णय गरेको सञ्जालले जनाएको छ । त्यसैगरी सोही बैठकले वन वातावरणको विभिन्न संघसंस्था संग समन्वय गरेर जाने निर्णय गरेको छ । बैठकले वन डढेलो नियन्त्रणको लागि कलस्टर तयार गरी दक्ष प्राविधिकको कमाण्डमा कमाण्ड पोष्ट तयार गर्ने निर्णय गरेको छ । बैठकमा सञ्जालमा आवद्ध सामुदायिक वनका पदाधिकारी, प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उपाध्यक्ष तेजबहादुर कुवरको स्वागत र सचिव चमकान्त गौडेलको संचालनमा सम्पन्न भएको थियो । 

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top