Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

रेडियो देवदहको तेश्रो अधिवेशनले अध्यक्ष विष्णुप्रसाद पौडेल,सहितको नया नेतृत्व चयन //

फागुन १२ । सूचनाका लागि सामुदायिक सञ्चार अभियानद्वारा संचालित रेडियो देवदहको तेश्रो अधिवेशनले नया नेतृत्व चयन गरेको छ । जसको अध्यक्ष विष्णुप्रसाद पौडेल, बरिष्ठ उपाध्यक्षमा होमनाथ ढुंगाना, उपाध्यक्षमा प्रजापति सापकोटा महासचिवमा झविन्द्र प्रसाद पाण्डे सचिवमा यम राना, कोषाध्यक्षमा रुका सापकोटा निर्विरोध चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा चक्रपाणी तिवारी, नामदेव अर्याल, यज्ञप्रसाद अर्याल, गणेशकुमार खाती, दीपक न्यौपाने, भ्mयामकुमारी पुरी, अमृता पाण्डे सापकोटा निर्विरोध चयन हुनु भएको छ । गत माघ २७ गते भएको रेडियो देवदहको तेश्रो अधिवेशन तथा साधारणसभा गणपुरक संख्या नपुगेको भन्दै फागुन १२ गतेको लागि स्थगित गरिएको थियो । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै प्रदेशसभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले सञ्चारको विकासले मात्र समाज रुपान्तरण गर्न सकिनेमा जोड दिनु भयो । उहाले क्षेत्रको नमुनाको रुपमा रेडियो देवदहलाई लैजानु पर्ने बताउनु भयो । प्रदेश सांसद डा. न्यौपानेले समाजलाई सही बाटोमा लैजान र समृद्ध राष्ट्र निर्माण गर्न सञ्चारको महत्वपूर्ण भूमिका रहनेमा जोड दिदै सवैको सहमति र सहकार्यले मात्र रेडियो देवदहलाई अगाडि बढाउन सकिनेमा जोड दिनु भयो । उहाले रेडियो देवदहको विकासको लागि आफनो तर्फ हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सोही अवसरमा नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद पौडेलले रेडियो देवदहको दीर्घकालिन विकासको लागि सवैको साथ सहयोग आवश्यक रहेको बताउनु भयो । उहाले रेडियोको विकासको लागि आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाले रेडियोको विकासको लागि योजनाका साथ अगाडि बढ्ने बताउदै त्यसको लागि सवैले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा पुर्वअध्यक्ष कृष्णप्रसाद पौडेल, सल्लाहकारद्धय मित्रलाल न्यौपाने, जीवलाल पराजुली लगायतले आ–आफना भनाई राख्नु भएको थियो । अभिवक्ता लिलाधर मरासिनी, डासीराम पाण्डे, भीमप्रसाद न्यौपानेले निर्वाचन मण्डलको भूमिका निर्वाह गर्नु भएको थियो ।  

अध्यक्ष विष्णुप्र

 

ON AIR

खबरै खबर

UP NEXT

स्थानिय समाचारहरुको संगालो

Back to Top