Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

लागुऔषध नियन्त्रणको लागि सवै नागरिक सचेत र सजग हुन आवश्यक .

फागुन १३ । लागुऔषध नियन्त्रण विना सभ्य समाज निर्माण हुन नसक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले लागुऔषध नियन्त्रणको लागि सवै नागरिक सचेत र सजग हुन आवश्यक रहेको बताएका थिए । देवदह नगरपालिका–७, वडा कार्यालयद्वारा आयोजित मदिरा, लागुऔषध तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरुले उक्त कुरा बताएक हुन । कार्यक्रमका वक्ताहरुले लागुऔषध मुक्त समाज निर्माण गर्न सवै आ–आफनो ठाउबाट लाग्नु पर्ने बताएका थिए । खुल्ला सिमानाका कारण रुपन्देहीको देवदह क्षेत्र लागुऔषधको हवको रुपमा विकसित हुदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । सोही अवसरमा बोल्दै देवदह प्रहरी चौकीका प्रहरी निरिक्षक विष्णु विकले लागुऔषध नियन्त्रणको लागि युवा बर्गमा सचेतनाका कार्यक्रमहरु लैजानु पर्नेमा जोड दिनु भयो । उहाले लागुऔषध मुक्त समाज निर्माण गर्न सम्पूर्ण अभिभावकहरुले आ–आफना वालवालिकाको निगरानी गर्नुपर्ने बताउदै मदिरा बेच्नको लागि समय निधारण गर्नु पर्ने बताउनु भयो । वडा अध्यक्ष पदम थापाको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–६, का वडा अध्यक्ष दामोदर क्षेत्री, देवदह स्वास्थ्य चौकीका प्रमुख रिमबहादुर दिसा, रेडियो देवदहका अध्यक्ष विष्णुप्रसाद पौडेल, बरिष्ठ स्वास्थ्यकर्मी ईश्वरी ढुंगाना, नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खड्कबहादुर विक, सृजना सामुदायिक वनका भरत गुरुङ्ग, देवदह साप्ताहिकका त्रिलोचन दहाल, वडा सदस्य धुव खरेल, समाजसेवी डिल्लीराज मरासिनी, धनबहादुर विक लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सोही अवसरमा मदिरा, लागुऔषध नियन्त्रणको लागि वडा अध्यक्ष पदम थापाको अध्यक्षतामा समन्वय समिति गठन गरेको छ । जसको सदस्यहरुमा वडा सदस्यहरु, प्रहरी सहायक निरिक्षक भरत थापा, रिमबहादुर दिसा, ईश्वरी ढुंगाना, विष्ण्प्रसाद पौडेल, आमोस खड्का, मिना पौडेल, विनोद थापा, गणेश विक, चन्द्रामति पाण्डे, भरत गुरुङ्ग, जयकिशन अधिकारी, हुमा रेग्मी, गौमति बुढाथोकी, पार्वती गुरुङ्ग सदस्यमा रहनु भएको छ । वडा सदस्य सरस्वती पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top