Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

पाल्पाको माथागढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रदेश सांसद लिला गिरी

फागुन १४ । प्रयाप्त पुर्वाधार विकास गर्न सकिए पाल्पाको माथागढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रदेश सांसद लिला गिरीले बताउनु भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनु भएका नेता गिरीले सो क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको संरक्षण र सम्वद्र्धन आवश्यक रहेको औल्याउनु भएको थियो । पाल्पाको माथागढीमा आयोजित देवदह–माथागढी पर्यटन विकास समितिको बैठकलाई सम्वोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले रुपन्देहीको देवदह र पाल्पाको माथागढी जोड्ने बाटोको दीगो विकासमा लाग्नु पर्ने बताउनु भयो । नेता गिरीले निजी क्षेत्र र राज्यको सहकार्यले मात्र माथागढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने भन्दै विकासको काममा निजी क्षेत्रले समेत लगानी गर्नुपर्नेमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै अर्का प्रदेश सांसद दधिराम न्यौपानेले माथागढी क्षेत्रको पुर्वाधार विकासको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाले देवदह–माथागढी केवुलकारको अवधारण ल्याउनु पर्नेमा जोड दिनु भयो । त्यसैगरी प्रदेशसभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले पर्यटनको माध्यमबाट आर्थिक विकास गर्न सकिने भएकोले देवदह नगरपालिका र माथागढी गाउपालिकाले विशेष योजना ल्याउनु पर्नेमा जोड दिनु भयो । उहाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न माथागढीमा प्रसस्त संभावना रहेको बताउदै माथागढी मन्दिरको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो । देवदह–माथागढी पर्यटन विकास समितिका अध्यक्ष ध्रुव खरेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका पाल्पाका संयोजक दयाराज वस्याल, देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सोही बैठकमा पाल्पा जिल्ला विकास समितिका पुर्वसभापति झपेन्द्र जिसीले कार्यपत्र प्रस्तुत गर्दै माथागढीमा टावर निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनु भयो । उहाले माथागढीमा होमस्टे संचालन गर्न सके आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउन सकिनेमा जोड दिनु भयो । माथागढीमा जैविक महत्व, सांस्कृतिक महत्व रहेकोले पनि पर्यटन विकासको संभावना रहेको बताउनु भएको थियो । समितिका उपाध्यक्ष टिकाप्रसाद काप्mलेको स्वागत, रमेशकुमार पोखरेलको संचालनमा भएको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top