Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

रुपन्देही देवदह ५ का मृगौला पिडित भुनिमायाँ मल्लको उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण

फागुन १७ । रुपन्देही देवदह ५ का मृगौला पिडित भुनिमायाँ मल्लको उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । भुनिमायाँ मल्लको उपचारमा सहयोग को लागि  रोजगारीको शिलशिलामा बिदेशमा रहेका नेपालीहरुले संङ्कलन गरेर पठाएको रकम बिहिबार पिडित मल्लको घरमा पुगेर देवदह नगर प्रमुख हिरा बहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले लगाएतले संयुक्त रुपमा रकम हस्तान्तरण गर्नु भएको हो । देवदह सेवा समाज युएई र कोरीयामा रहनु भएका नेपालीहरुको सक्रियतामा संङ्कलीत ३ लाख ३७ हजार १ सय २९ रुपैयाँ, साथै नगरप्रमुखले व्यक्तिगत रुपमा  १० हजार रुपैयाँ र स्थानिय शोभाखर वण्जाडेले प्रदान गर्नु भएको ११ सय रुपैयाँ, देवदह सेवा समाज युएई का वलाराम तिवारी , वुद्धि सागर अर्याल प्रकास , सिता न्यौपाने  पत्रकार टंक सुनार  तथा स्थानियको रोहबरमा हस्तान्तरण गरीएको हो । देवदह सेवा समाजका युएई का अध्यक्ष रमेश न्यौपानेको सक्रियतामा १ लाख ८५ हजार ३ सय २२ र दक्षिण कोरीयामा रहेका कमल जिसीको सक्रियतामा संङ्कलित १ लाख ५१ हजार ७ सय ७ रुपैयाँ भुनिमायँ मल्ललाई हस्तान्तरण गरिएको हो  । उक्त अवसरमा बोल्दै देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले मल्लको उपचारमा सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम स्थानिय संञ्चारकर्मी रमेश पोख्रेलले संञ्चालन गर्नु भएको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top