Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

निर्माण वहुउद्धेश्यीय सहकारी संस्थामा शेयर सदस्यहरुका लागि एक दिने आधारभूत सहकारी शिक्षा तालिम

फागुन १९। निर्माण वहुउद्धेश्यीय सहकारी संस्थामा शेयर सदस्यहरुका लागि एक दिने आधारभूत सहकारी शिक्षा तालिम दिईएको छ । संस्थाका अध्यक्ष रामप्रसाद कंडेलको प्रमुख आतिथ्यतामा भएको  वडा नं १० का शेयर सदस्यहरुको लागि लक्षित गरेर दिईएको तालिमको प्रकास  अधिकारीले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा संचालक समिति सदस्य अमृतवहादुर फुल्लेल क्षेत्री, टिकावहादुर परियार, हेमकला ढकाल, खेमवहादुर गुरुङ्ग, एक नारायण रिजाल लगाएतको उपस्थिती रहेको थियो । शिक्षा उपसमितीका संयोजक लेखनाथ थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन व्यवस्थापक शुशिला भण्डारीले गर्नु भएको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top