Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

देवदह व्यापार संघको ४६ औ बैठक सम्पन्न

फागुन १९। देवदह व्यापार संघको ४६ औ बैठक सम्पन्न भएको छ । वैठकले आगामी २४ गते हुने तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको लागि विभिन्न उपसमिति गठन गरेको छ । बैठकले क्यालेन्डर प्रकासन तथा विमोचन उपसमितिमा माधव ढकाल, जेहेन्दार विद्यार्थी छनौट तथा सम्मान उपसमितिमा तेजु अर्याल, जेष्ठ तथा व्यवसायी सम्मान उपसमितिमा ध्रुव सापकोटा, निर्वाचन मण्डलमा हरिप्र्रसाद ढुङ्गानालाई चयन गरेको छ । त्यस्तै गरी रक्तदान उपसमिति संयोजकमा मेघनाथ न्यौपाने, अतिथि सत्कार उपसमितिमा हरिलाल भण्डारी, जलपान व्यवस्थापनमा कुमारशर्मा पौडेल, सुचना तथा पत्रचार, प्रतिवेदन पुस्तिका छपाईमा पिताम्वर खरेल, उपहार तथा सम्मान उपसमितिमा लिला वल्लभ भट्टराईलाई चयन गरिएको देवदह व्यापार संघले जनाएको छ । देवदह व्यापार संघका अध्यक्ष कोषवहादुर गुरुङ्गको अध्यक्षता र महासचिव माधव ढकालको संचालनमा बैठक सम्पन्न भएको थियोे ।

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top