Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले सञ्चारलाई आधुनिक प्रविधियुक्त बनाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड

फागुन १९ । सञ्चारको विकासले मात्र समाज रुपान्तरण हुने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सूचनका लागि सञ्चार अभियानद्वारा संचालित रेडियो देवदहको नवनिर्वाचित पदाधिकारीको पदस्थापना कार्यक्रममा बोल्दै उनीहरुले उक्त कुरा बताएका हुन । सोही अवसरमा बोल्दै प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले सञ्चारलाई आधुनिक प्रविधियुक्त बनाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनु भयो । उहाले रेडियो देवदहको विकासको लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्रदेश सभा सदस्य डा. न्यौपानेले प्रदेश ५ को स्थायी राजधानी रुपन्देही मै हुने दावी गर्नु भयो । उहाले दीर्घकालिन योजना निर्माण गरी रेडियो देवदहको विकासमा लाग्ने बताउनु भयो । उहाले सवैले आ–आफना ठाउबाट लाग्ने हो रेडियो देवदहलाई नमुनाको रुपामा अगाडि बढाउन सकिनेमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले रेडियो देवदहको स्तरउन्नतीको लागि नगरपालिका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले रेडियोको विकासको लागि ठोस योजना र कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु भयो । उहाले देवदहको विकासमा रेडियो देवदहको अह्म भूमिका हुने भएकाले रेडियो देवदहको विकासको लागि देवदह नगरपालिकाले सहयोग गर्ने बताउनु भयो । निर्वाचन मण्डलका संयोजक लिलाधर मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचत अध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव झविन्द्रप्रसाद पाण्डे, देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, सल्लाहकार मित्रलाल न्यौपाने, जीवलाल पराजुली लगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिएका थिए । रेडियो देवदहका पुर्व अध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागत र निर्वाचन मण्डलका सदस्य डासीराम पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top