Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

महामाया भवानी मा वि मा निर्वाचनको माध्यमबाट विद्यालय व्यवस्थापन समिति गठन

फागुन २० । महामाया भवानी माध्यमिक विद्यालय देवदह–४, भवानीपुरमा निर्वाचनको माध्यमबाट विद्यालय व्यवस्थापन समिति गठन भएको छ । देवदहमा क्रियासिल राजनैतिक दलहरु वीच सहमति हुन नसकेपछि निर्वाचनको माध्यमबाट विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । विद्यालय व्यवस्थापन समिति गठन गर्न राजनैतिक दलहरुले प्यानल निर्माण गरी निर्वाचनमा होमिएका थिए । निर्वाचनमा लोकतान्त्रिक गठवन्धन र वामगठवन्धनको प्यानल निर्वाचनमा होमिएका थिए । वामगठवन्धनको प्यानलबाट निरबहादुर थापा, लक्ष्मी लुईटेल, दशरथप्रसाद चौधरी, रञ्जना हमाल र लोकतान्त्रिक गठवन्धनबाट छविलाल जिसी, पुरनबहादुर राना, अम्विका पाण्डे, भिमकुमारी चौधरी निर्वाचनमा होमिएका थिए । निर्वाचनबाट वामगठवन्धनका उम्मेदवारहरु विजयी भएका छन् । निरबहादुर थापाले २०२, लक्ष्मी लुईटेलले १९९, दशरथप्रसाद चौधरीले १९९ र रञ्जना हमालले १९९ मत ल्याएर विजयी हुनुभएको छ । त्यसैगरी उता लोकतान्त्रिक गठवन्धनका उम्मेदवार छविलाल जिसीले १२२, पुरनबहादुर रानाले १२५, अम्विका पाण्डेले १२४ र भिमकुमारी चौधरीले १२४ मत प्राप्त गर्नु भएको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचन पछि बसेको विद्यालय व्यवस्थापन समितिको पहिलो बैठकले लेखनाथ न्यौपाने र सिता पोखरेललाई सदस्यमा मनोनित गरेको छ । मनोनित पछि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लेखनाथ न्यौपानेलाई चयन गरेको विद्यालयले जनाएको छ । समितिको सदस्य सचिवमा विद्यालयका प्रअ दिनानाथ अर्याल रहनु भएको छ भने अन्य सदस्यहरु पछि मनोनित गर्ने विद्यालयले जनाएको छ ।

ON AIR

UP NEXT

Back to Top