Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

रेडियो देवदहका संचालक समिति र कर्मचारीको संयुक्त बैठक सम्पन्न

फागुन २० । सूचनाका लागि सञ्चार अभियानद्वारा संचालित रेडियो देवदहका संचालक समिति र कर्मचारीको संयुक्त बैठक सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले सञ्चारको विकास गर्न सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले रेडियोकोस्तर वृद्धि गरी आत्मनिर्भर बनाउन संचालक समिति र कर्मचारीहरु मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमका वक्ताहरुले रेडियो देवदहले उत्पादन गर्ने कार्यक्रम र समाचार समुदायमा आधारित हुनु पर्ने बताउदै त्यसको लागि विभिन्न संघसंस्था संग सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । रेडियो देवदहका संचालक समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको संयुक्त बैठकमा समितिका उपाध्यक्ष प्रजापति सापकोटा, सचिव यम राना, संचालक समिति सदस्य दीपक न्यौपाने, गणेश खाती, स्टेशन म्यानेजर रमेश पोखरेल, कमल न्यौपाने, गणेश न्यौपाने लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सो अवसरमा समितिका सचिव एवं पुर्व स्टेशन म्यानेजर यम रानाले रेडियोको स्थापनाकालको अवस्थाको वारेमा र स्टेशन म्यानेजर रमेश पोखरेले रेडियोको हालको अवस्थाको वारेमा जानकारी दिनु भएको थियो । बरिष्ठ उपाध्यक्ष होमनाथ ढुंगानाको स्वागत र महासचिव झविन्द्रप्रसाद पाण्डेको संचालनमा बैठक सम्पन्न भएको थियो ।

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top