Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

देवदह नगरपालिकाको दोश्रो नगर सभा २०७४ फागुन २३ गते देखि श्ुरु हुने

फागुन २२ । रुपन्देहीको देवदह नगरपालिकाको दोश्रो नगर सभा २०७४ फागुन २३ गते देखि श्ुरु हुने भएको छ । दोश्रो नगर सभाको सम्पूर्ण तयारी पुरा भएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भयो । नगरपालिकाको दोश्रो नगर सभामा प्रस्तुत हुने विषयमा समेत नगरपालिकाका पदाधिकारी, सदस्यहरु संग छलफल गरी नगरसभामा पेश गर्ने बताउनु भयो । दोश्रो नगरसभामा विभिन्न विधेयकहरु प्रस्तुत गरी निर्णय गर्ने नगर उपप्रमुख गुरुङ्गले बताउनु भयो । नगर सभामा प्रशासकीय कार्यविधि नियन्त्रीत गर्ने विधि–२०७४, सहकार िविधेयक, शिक्षा विधेयक, आर्थिक कार्यविधि नियन्त्रित तथा व्यवस्थित गर्न बनेको विधेयक रहेको छ । त्यसैगरी फोहोर मैला व्यवस्थापन विधेयक, निर्माण व्यवसायी विधेयक र कृषि व्यवस्थापन प्रवद्र्धन विधेयकमा नगरसभामा छलफल हुने उपप्रमुख गुरुङ्गले जानकारी दिनु भयो ।

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top