Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

दिल्लीमा प्रधानमन्त्री ओलीलाई मधेसी विद्यार्थीले देखाए कालो झण्डा

७ फागुन, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीमा मधेसी विद्यार्थीहरुको समूहले कालो झण्डा देखाएका छन् ।
प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् ।
विमानस्थलबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीलाई दिल्लीमा रहेका मधेसी विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् । उनीहरु भारतमा अध्ययन गर्ने नेपालका विद्यार्थीहरु हुन् ।
आफूहरुले देखाएको कालो झण्डा प्रधानमन्त्री ओलीले समेत देखेको प्रदर्शनकारीहरुले दाबी गरेका छन् ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top