Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

दोश्रो नगरसभाले देवदह नगरपालिकाको प्रशासकीय कार्यविधि विधेयक–२०७४ पारित

फागुन २३ । देवदह नगरपालिकाको दोश्रो नगर सभा शुरु भएको छ । दोश्रो नगरसभाले देवदह नगरपालिकाको प्रशासकीय कार्यविधि विधेयक–२०७४ पारित गरेको छ । विधेयक पारित भएसंगै प्रशासकीय ऐन नियम बनाउन बाटो खुलेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को उपदफा १ बमोजिम उक्त विधेयक पारित गरेको हो । नगर सभामा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले प्रशासकीय कार्यविधि विधेयक–२०७४ पारित परियोस भनेर मस्यौदा पेश गर्नु भएको थियो । सहकारी विधेयक, नगर शिक्षा विधेयक, सरसफाई विधेयकहरु माथि छलफल गर्दै जाने नगरपालिकाले जनाएको छ । दोश्रो नगरसभाको उद्घाटन गर्दै नगरप्रमुख हिराबहादुर खत्रीले ऐन निमावलीको अभावका कारण प्रशासकीय व्यवस्थापनमा समस्या भएको र विधेयक पास भएसंगै समस्या समाधान हुने बताउनु भयो । उहाले नगरपालिकाले अहिले सम्म ६८ प्रतिशत आन्तरिक राजश्व संकलन सफल भएको र पहिलो नगरसभाबाट पारित गरिएको योजनाहरु २७ प्रतिशत कार्यान्वयनको दिशामा अगाडि बढेको बताउनु भयो । नगरप्रमुख खत्रीले स्थानीय ऐन कानुन बन्न नसक्दा नगरपालिकाले सोचे जति काम गर्न नसकेको बताउनु भयो । नगरसभाबाट पारित गरिएको योजनाहरु सफल बनाउन सवै लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले देवदह क्षेत्रमा रहेका नदी जन्य पदार्थ निकासी हुन नसक्दा योजनाहरु प्रभाव परेको भन्दै नदीजन्य पदार्थको निकासीको लागि नगरपालिका लागि परेको बताउनु भयो । आगामी नगरसभा चैत्र १ गते बस्ने निर्णय गरेको छ ।
https://m.facebook.com/story.php?story_fbid=1245112592289436&id=187155874751785

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top