Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

सिप र ज्ञानलाई व्यवसायीकतामा बदल्न सकेमात्र आर्थिक उपार्जन गर्न सकिने देवदह नगरप्रमुख हिराबहादुर खत्री

फागुन २६ । सिप र ज्ञानलाई व्यवसायीकतामा बदल्न सकेमात्र आर्थिक उपार्जन गर्न सकिने देवदह नगरप्रमुख हिराबहादुर खत्रीले बताउनु भएको छ । उहाले आमनागरिक व्यवसायीक क्षेत्रमा लागी आर्थिक रुपले समक्ष भएमात्र देश समृद्धि तर्फ अगाडि बढ्नेमा जोड दिनु भयो । शिवालय सृजनशिल महिला विकास समुह देवदह–६, द्वारा आयोजित १० दिने सिलाई कटाई तथा व्याग बनाउने तालिमको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । नगरप्रमुख खत्रीले महिलाहरुको शसक्तीकरण बढाउन नगरपालिकाले विभिन्न कार्यक्रम र योजना ल्याएको बताउदै लधु उद्यमशिलतामा लाग्नेहरुलाई नगरपालिकाले सहयोग गर्ने बताउनु भयो । उहाले नागरिकले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न देवदह नगरपालिकाले सहयोग गर्ने बताउदै यस्ता तालिमले दक्ष जनशक्ति उत्पादन गर्न मद्दत पुग्नेमा जोड दिनु भयो । उहाले आर्थिक रुपले महिलाहरु बलियो भएमात्र महिला हिंसा न्यूनिकरण हुने बताउदै महिलाहरु आयआर्जन तर्फ लाग्नु पर्ने बताउनु भयो । शिवालय सृजनशिल महिला विकास समुहका अध्यक्ष तुल्सा चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–६, का वडा अध्यक्ष दामोदर क्षेत्री, समुहका पुर्वअध्यक्ष हिरा चापागाई, प्रशिक्षक सिता अर्याल लगायतले बोल्दै तालिममा सिकेका ज्ञान र सिपलाई व्यवहारमा उर्तान सके मात्र तालिमको औचित्य हुनेमा जोड दिएका थिए । १० दिने तालिमलाई देवदह नगरपालिकाले आर्थिक सहयोग गरेको छ । समुहका संस्थापक अध्यक्ष पवित्रा रिमालको स्वागत र दुर्गा केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । समुहका करिव ३० जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण सिता अर्यालले गर्नुहुने समुहले जनाएको छ ।

ON AIR

स्थानिय समाचारहरुको संगालो

UP NEXT

BBC नेपाली सेवा विहानी पख

Back to Top