Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

देवदह बचत तथा ऋण सहकारी संस्थाको चालु वर्ष २०७४ /२०७५ को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न

२६ फागुन । देवदह बचत तथा ऋण सहकारी संस्थाको चालु वर्ष २०७४ /२०७५ को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । एक कार्यक्रमको आयोजना गरी संस्थाको चालु बर्षको अर्धबार्षिक समिक्षा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाले चालु वर्षको पुस मसान्त सम्म प्राप्त गरेका उपलब्धि तथा कार्यक्रमका विषयमा छलफल गरि लक्ष्य प्राप्त नभएका सुचकाङ्कहरुमा प्राप्तीका लागि कार्ययोजना तयार गरेको छ । संस्थाका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापक बुद्धि सागर अर्यालले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।े उपाध्यक्ष हरिप्रसाद ढुङ्गानाको स्वागत्, कोषाध्यक्ष डिल्लीराज मरासीनीको आर्थिक प्रतिवेदन सचिव विष्णुप्रसाद पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top