Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

देवदहमा देवदह ब्याटमिन्टन क्लब को दोस्रो अधिबेशन सम्पन्न

फागुन २६। रुपन्देहीको देवदहमा देवदह ब्याटमिन्टन क्लब को दोस्रो अधिबेशन सम्पन्न भएको छ ।राष्ट्रका लागि खेल ,स्वास्थ्य का लागि खेल भन्ने नाराका साथ अधिबेशन सम्पन्न भएको हो । कार्यक्रममा  गुमान के सी , तेजु अर्याल ,अर्जुन रेग्मी ,मेक वहादुर गुरुङ लगाएले बोल्दै देवदहको विकास को लागि खेलकुद को विकास गर्नु पर्ने वताएका थिए । अधिबेशनले लालबहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ। जसको उपाध्यक्षमा तेजु अर्याल ,सचिवमा अर्जुन रेग्मी , सहसचिवमा ज्ञानु तिवारी , कोषाध्यक्षमा सन्दिप ढुन्गाना र सदस्य हरुमा ईश्वर श्रेष्ठ , दुर्गा दहाल , विजेन्द मान शाक्य र सुवास वस्याल चयन हुनु भएको छ । अधिबेशनले  हिरा बहादुर खत्रीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ, जस अन्तर्गत दामोदर क्षेत्री , झिल्लु प्रसाद न्यौपाने , पदम थापा , दिपक चापागाईंले ,सुरज गुरुङ , र गुमान सिह केसी रहेका छन् । हरेक मौषममा खेल्न मिल्ने गरि तत्काल कवर्डहलको निर्माण समेत गरिने नबनिर्मित समिति ले निर्णय गरेको छ । कार्यक्रम लाल बहादुर गुरुङ को अध्यक्षता र ओम प्रकाश काफ्लेको संचालनमा सम्पन्न भएको थियो । २ वर्ष अघि मितेरी गाउँमा क्लबको स्थापना गरिएको क्लवले अहिले देवदहको प्रतिनिधित्व गर्दै विभिन्न खेलहरु  खेलिरहेको छ ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top