Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

प्रदेश नम्बर ५ सरकारले गणतन्त्र दिवशका दिन सार्वजनिक बिदा दिने

१३ जेठ । प्रदेश नम्बर ५ को सरकारले जेठ १५ गते गणतन्त्र दिवशका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

                             प्रदेश सरकारले गणतन्त्र दिवशका अवसरमा जेठ १५ गते प्रदेशका १२ वटै जिल्लामा सार्बजनिक बिदा दिने निणर्य गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सुचना प्रकाशित गरी जानकारी गराएको छ । प्रदेश सरकारले यस बर्ष सोमबारदेखि ३ दिनसम्म बिभिन्न कार्यक्रम गरी गणतन्त्र दिवश भब्य रुपमा मनाउने निर्णय गरेको छ । प्रदेश सरकारले बिभिन्न संघ सस्था र स्थानिय तहको समन्वयमा रक्तदान, स्वास्थ्य शिविर, बिरामी तथा असहायहरुलाई फलफुल तथा खाद्य सामग्री बितरण, बृक्षरोपण, सरसफाई तथा मूल समारोह आयोजना गर्ने निर्णय  गरेको छ ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top