Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

देवदहमा लायन्स आँखा अस्पताल निर्माण गरिने

               जेठ १३ । लायन्स क्लब अफ देवदहको अग्रसरतामा देवदहमा लायन्स आँखा अस्पताल निर्माण गरिने लायन्स क्लब अफ देवदहका चार्टर्ड प्रेसिडेन्ट तथा लायन्स बर्ष २०१८/०१९का रिजन चियर पर्सन विष्णु प्रसाद पौडेलले बताउनु भएको छ । लायन्स क्लब अफ देवदहले समाजमा विभिन्न सेवामुखी कार्य गर्दै आइरहेको भएता पनि दीर्घकालिन सेवाको लागि आँखा अस्पताल निर्माण गर्न लागिएको वहाँको भनाई थियो । लायन्स क्लब अफ देवदहका सल्लाहकार तथा देवदह नगरपालिका वडा नं.५ का वडाध्यक्ष झिल्लु प्रसाद न्यौपानेले अस्पताल निर्माणका लागि नगरपालिकाले जग्गा छुट्याई सकिएको जानकारी दिंदै अस्पताल निर्माणमा नगरपालिकाले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भयो । यसैगरी लायन्स क्लब अफ देवदहका प्रेसिडेन्ट ऋषिराम सापकोटाले अस्पताल निर्माण सम्पूर्ण देवदहबासी र आम जनताको आवश्यकताको बिषय भएकोले सम्पूर्ण सामाजिक संघ संस्था र सामाजिक व्यक्तित्वहरुसँग सहकार्य गरेर जाने बताउनुभयो । समाजसेवी यादव भुषालले लायन्स क्लब अफ देवदहले देवदह ५ बैकुण्ठनगरमा निर्माण गर्न लागेको आँखा अस्पतालको लागि स्थानीय जनताको साथ रहेको र त्यसका लागि नैतिक, भौतिक र श्रमदानको सेवा गर्न पनि तयार रहेको बताउनुभयो । बैठकले तत्कालै तारबार गर्ने, प्रपोजल तयार पार्ने, नक्साङ्कन तयार पार्ने, बोर्ड राख्ने र अस्थायी टÄस निर्माण गरी सेवा सुचारु गर्ने लगायतको निर्णय गरेको छ ।
        बैठकमा क्लबका बर्ष २०१८/०१९का कोषाध्यक्ष विष्णु प्रसाद ज्ञवाली, द्वितीय उपाध्यक्ष राम बहादुर गुरु¨, डाइरेक्टर हिरालाल कंडेल लगायतले आफ्नो भनाई राख्नुभएको थियो । बैठक क्लब अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षता, लायन्स बर्ष २०१८/०१९का इलेक्टेड प्रेसिडेन्ट गुमान सिंह के.सी.को स्वागत र सचिव सुनिल जि.सी.को सञ्चालनमा सम्पन्न भएको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top