Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

साफ यू–१८ महिला च्याम्पियनसिपः आज नेपाल र भारत भिड्दै

१९ असोज, काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार ३ः१५ बजे भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा हुनेछ ।

भारतलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा नेपाल रहेको छ । 

भारत समूह ए बाट विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको टिम हो , भने नेपाल समूह बी को उपविजेता टिम हो । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई १२–० गोलले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने बंगलादेशसँग २–१ गोलअन्तरले पराजित हुदै नेपाल उपविजेता बनेर सेमिफाइनल पुगेको थियो ।

यता, भारतले भने पहिलो खेलमा आयोजक भुटानलाई ४–० गोलले पराजित गरेको थियो । अर्को खेलमा भारतले माल्दिभ्सलाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।

Source: Onlinekhabar

ON AIR

म्युजिक टाइम

UP NEXT

क्यापिटल न्युज

Back to Top