Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

किष्ट बैंकमा १२ कराेड घाेटाला गरी फरार रहेका कमल ज्ञवाली भारतबाट पक्राउ

काठमाडाैँ । किष्ट बैंक घोटाला प्रकरणका मुख्य अभियुक्त एवं बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी धनगढी नाका हुँदै नेपाल ल्याएको जनाइएकाे छ । प्रहरीले उनलाई आजै सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

 

श्रीमती गौरी खनाल ज्ञवाली आबद्ध जम्को प्रकाशनका नाममा तत्कालीन किष्ट बैंकबाट तथा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो ।  उनी तत्कालीन किष्ट बैंकको प्रबन्ध सञ्चालक हुँदा कुनै समय सफल बैंकरकाे रूपमा चर्चामा पनि अाए र किष्टकाे मुख्य पदमा रहेकै बेला उनी सिद्धार्थ डेभलपमेन्ट बैंकमा मुख्य सेयरधनी समेत थिए ।

०७३ असोज ४ गते पाटन अदालतले ज्ञवाली र उनकी श्रीमतीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३/३ वर्ष जेल सजाय र करिब १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएको थियो । त्यसलगत्तै उनीहरू दुवै फरार थिए ।

 

Source: News24nepal.tv

ON AIR

म्युजिक टाइम

UP NEXT

क्यापिटल न्युज

Back to Top