Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

टाउकोमा दाँत भएको सिंह

 २७ – अमेरिकामा टाउनकोमा दाँत भएको सिंह फेला परेको छ । अमेरिकाको आइडाहो राज्यको जंगलमा टाउकोमा पूर्ण रुपमा विकसित दाँत भएको हिमाली सिंह फेला परेको सरकारी अधिकारीले बताएका छन् ।

यो सिंहलाई गएको डिसेम्बरमा कानूनी रुपमा गोली हानेर मारिएको थियो । टाउकोमा दाँत हुनु एक प्रकारको ट्युमर हुन सक्ने आइडाहो राज्यको वन्यजन्तु विभागले जनाएको छ ।

यस्तै गर्भमा रहेका बेला जुम्ल्याहा अर्को सिंह पनि रहेको र उ गर्भ मै मरेकाले उसको दाँत यो सिंहको टाउकोमा रहेको हुन सक्ने विभागका अधिकारले बताएका छन् ।

टाउकोमा पूर्ण रुपले विकसित दाँत भएको सिंह यसअघि नदेखिएको जीव वैज्ञानिकले बताएका छन् । आइडाहोको वेष्टन कस्वेमा यस्तो सिंह फेला परेको अमेरिकाको राष्ट्रिय वन्यजन्तु संघले जनाएको छ । 

ON AIR

बलिउड एक्प्रेस

UP NEXT

देवदह समाचार

Back to Top