Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

वाइसिएलले तेल कब्जा गरेर किसानलाई बाँड्यो

७ फागुन, बुटवल । रुपन्देहीको खडवा बन्गाई गाविसस्थित अन्जनी आयल स्टोरमा लुकाएर राखिएको डिजेल नियन्त्रणमा लिएर स्थानीय किसानहरुलाई वितरण गरिदिएको एमाओवादीको युवा संगठन वाइसिएलले जनाएको छ ।
अन्जनी आयल स्टोरले कालोबजारी गर्ने उद्देश्यले तेल लुकाएको आरोप कृषकहरुले लगाएपछि वाइसीएलको एक टोली प्रहरीसँगै आयल स्टोरमा पुगेको थियो ।
पम्प खानतलासी गर्दा डिजेल भेटिएपछि खेत जोत्ने ट्याक्टर लिएर आएका किसानहरुलाई प्रहरीको रोहबरमा तेल वितरण गरिएको रुपन्देहीको सैनामैना नगरपालिकाका वाइसिएल इञ्चार्ज दीपक भण्डारीले जानकारी दिए ।
तर रुपन्देही प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङले भने वाइसिएलले तेल वितरण गरेको जानकारी आफूलाई नभएको बताए । उनले भने, ‘पेट्रोल पम्पले कसैलाई तेल दिने र कसैलाई नदिने गरेको भन्दै उजुरी आएपछि प्रहरी टोली तत्काल त्यहाँ पुगेर तेल भर्न आएकाहरु सबैलाई वितरण गरिएको हो ।’

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top