Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

३४ औँ राष्ट्रिय मगर दिवसको अवसर पारी भैरहवा क्षेत्रका मगरहरुले मगर दिवस मनाएका छन् ।

भैरहवा, फागुन १५ । दिवसको अवसरमा मगर समुदायका मानिसहरु आ–आफ्नो मौलिक भेषभूषा, झाँकी र बाजागाजा सहित भैरहवा बजार परिक्रमा गरी उदयपुरको जय भवनमा  पुगेको थियो । नेपाल मगर समिति सिद्धार्थनगरका अध्यक्ष चन्द्र बहादुर रानाको सभापतित्व, सिद्धार्थ यातायात बस व्यवसायी समितिका अध्यक्ष सूर्यकुमार सारुमगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न   भएको थियो ।
 
सो अवसरमा तमु ह्युँला छोँज धी का अध्यक्ष इन्द्रबहादुर गुरुङ, तमु प्येल्हु का अध्यक्ष सन्दिप तमु, नेपाल मगर विद्यार्थी संघ लुम्बिनी अञ्चल समिति सदस्य झकबहादुर आले, भैरहवा क्याम्पसका अध्यक्ष संजय राना, नेपाल मगर महिला संघका अध्यक्ष माया सारुमगर, गोरखा वेलफेयर सेन्टर सिनियर वेलफेयर  अफिसर गमबहादुर गाहा, सल्लाकार मुन्नु गाहा, नेपाल मगर बौद्ध सेवा समाज सिद्धार्थनगरका अध्यक्ष टेक बहादुर राना, ढकबहादुर सारुमगर लगायतले मन्तव्य राखेका थिए । नेपाल मगर युवा संघका अध्यक्ष ईशा आलेको संचालन तथा चन्द्रबहादुर पुनको स्वागतमा सम्पन्न कार्यक्रममा तीर्थबहादुर श्रीसलाई सम्मान  गरिएको थियो । यसैगरी कार्यक्रममा समाजसेवी राम थापाले मगर दिवसको अवसरमा  १ लाख १ हजार सहयोग गरेको उमेश थापा मगरले जनाएका छन् ।
 

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top