Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

नेपाली लेखक सङ्घ रुपन्देहीमा नया“ नेतृत्व अध्यक्षमा ढुंगाना,सचिबमा ज्ञवाली

बुटवल,फागुन १५ ।
नेपाली लेखक सङ्घ रुपन्देहीमा नया“ नेतृत्व चयन भएको छ । शनिबार राममणि बहुमुखि क्याम्पसमा आयोजित छैठौं अधिबेशनले निर्मल ढुंगानाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति रुपन्देही निर्विरोध  निर्बाचित गरेको हो । 
सङ्घको उपाध्यक्षमा लिलाधर पाण्डेय ,सचिबमा कपिल ज्ञवाली, सहसचिबमा मधुसुदन पोखरेल, कोषाध्यक्षमा बिष्णुप्रसाद बराल ,सदस्यहरुमा गणेश न्यौपाने,सरस्वती बस्याल,कमला अर्याल,झबिन्द्र देबकोटा,बिष्णु बिबश पोखरेल,सागर कण्डेल,रहनुभएकोछ । यस्तैगरि महाधिबेशन प्रतिनिधीमा भने बनमाली निराकार,चन्द्रकान्त पराजुली,राजेन्द्र केसी,श्याम न्यौपाने,टीकाराम गौतम,नारायण पोखरेल,चयन भएको निर्बाचन समितिले जनाएको छ । पाच जना सल्लाहकार भने कार्यसमितिको पहिलो बैठकले टुंगो लगाउने छ ।
अधिबेशनको उद्घाटनसत्रमा बोल्ने बक्ताहरुले नेपाली भाषा,साहित्य र संस्कृतीको संरक्षण तथा जर्गेनाका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका थिए । चन्द्रकान्त पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सदस्य बासुदेब रिमालले नेपाली भाषा संस्कृतिको रक्षा गर्दै राष्ट्रिय स्वाधिनताको आन्दोलन अगाडि बढाउन लेखकहरुलाइ आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रिय सदस्य बनमाली निराकारले नेपाली साहित्य र लेखनीबाट प्रजातान्त्रिक बिचारलाइ समाजको तल्लो तहसम्म पुर्याउनुपर्ने धारणा राख्नुभयो । 
कार्यक्रममा प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष रामराज पोखरेल,राममणि बहुमुखि क्याम्पसका प्रमुख मोहनराज शर्मा,प्राडा बाबुराम ज्ञवाली,प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्का,निर्मल ढुंगाना,लेखक युवराज कडेंल,श्याम न्यौपाने,सरस्वती बस्याल लगायतले बोल्दै नेपाली भाषाको उचाइ अझै माथि उठाउनुपर्ने बताएका थिए ।
सो अबसरमा नया नेतृत्वले सपथग्रहण गर्दै पदभार समेत ग्रहण गरेको थियो । नवनिर्बाचित अध्यक्ष ढुंगानाले अब सबैलाइ समेटेर नया गतिका साथमा संस्थालाइ अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो । नेपाली लेखक सङ्घको छैठौं केन्द्रिय महाधिबेशन यहि चैत्रको १९ र २० गते चितवनमा हुदैछ ।

ON AIR

बलिउड एक्प्रेस

UP NEXT

देवदह समाचार

Back to Top