Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

कम्पुटर विज्ञान तथा सूचना प्रविधिप्रति त्रि.बिको लापरबाही

बिशन बस्याल ,

बुटवल बुटवल बहुमुखी क्याम्पस 

bisan

नेपालको सबैभन्दा ठुलो विश्वविधालय, त्रिभुवन विश्वविधालयमा अध्ययन हुने  चार वर्षे कम्पुटर विज्ञान तथा सूचना प्रविधि (सिएसआइटी) स्नातक तहमा अध्यनरत  विधार्थी हुँ भन्दा आज कता कता  नेपालको शिक्षाको बिकासले तिब्र गति  लिन नसकेको अनुभूति हुन आउछ | तीनवर्षे आइटी कोर्स र तीन वर्षे कम्पुटर  साइन्सको कोर्सलाई एकीकृत पार्दै त्रि. वि. ले विक्रम संवत २०६४ सालमा यस चार वर्षे स्नातक तह कम्पुटरविज्ञान तथा सूचना प्रविधि कोर्सलाई भित्र्याएको हो | आजको परिवर्तन शिलयुग गतिशील प्रविधिको बिकाशले कोल्टो मारिसक्दा  यस विश्वविधालयलेभने, कोर्स संचांलन भएदेखि हालसम्म पनि पाठ्यक्रम परिमार्जित गरेको छैन | सेमेष्टरमा प्रणालीमा अध्याँपन हुने यस बिषयको  हरेक  ६/६ महिनामा हुन पर्ने परिक्षा लम्बिएर ९/१० महिनासम्म नि पुग्छ अनि परिक्षाफ़ल प्रकाशित हुन् कम्तिमा १ बर्ष कुर्न पर्नेहुन्छ| अनौठो कुरो त के छ भने मौका परिक्षा दिन पाउने पर्क्रिया छैन , जस्लेगर्दा कुनै कारण बस सातौरआठौ  सेमिस्टरमा मात्र १ ओटा  बिषयमा मात्र अनुतिर्ण भएको खण्डमा , परिक्षा दिन  र परिक्षाफ़ल् परकासित हुन लागने समय ले गर्दा १ वर्ष नै गुम्न जान्छ|बिश्वमा धेरैजसो विश्वविधालयमा प्राबिधिक शिक्षाको मौका परिक्षा  दिने प्राबधान रहेको छ | त्रि.बि कै अन्य प्राबिधिक बिषयमा पनियो बेबस्ता छ, तर त्रि.बि अन्तर्गतकै कम्पुटरविज्ञान तथा सूचना प्रविधि (सिएसआइटी) बिषय यस्तो खालको कुनै नीति तथा नियम छैन | आजको शताब्तीको महत्वपूर्ण मानिएको सूचना प्रविधि बिषयलाई अन्य बिषयसँग तुलनात्मक हिसाबले हेर्ने हो भने त्रि.बि ले यो बिषयलाई अबहेलना गरेको जस्तो देखिन्छ | त्रि.बि को यो बिषयको पाठ्क्रम कम्पुटर इन्जिनियरिंगसंग लग्भकै मिल्न जान्छ त्यसैले कम्पुटर  इन्जिनियरिंगको दर्जा दिनुपर्ने समयमा  नेपालमा हुने त्यसै स्तरको आयोग परिक्षामा समेत यो बिषयको विधार्थीहरुले  सम्मिलित  हुन पाउने व्यवस्था छैन |

अझै एकदमै अचम लाग्दो कुरा त यो छ कि हामीले पढ्ने बिषय सूचना प्रविधि को  परिक्षाफ़ल कुनै paper वा pdf मा आउछ तर लग्भग सबै  विश्वविधालयको सम्पूर्ण बिषयको परिक्षाफ़ल प्रकाशित भएको केहि  समयमै कुनै website, application वा sms मार्फत नै विव्द्यार्थीले आफ्नो मार्क शीट सहितको नतिजा हेर्न पाउछन तर सूचना प्रविधि जस्तो बिषयकै परिक्षाको नतिजाको सम्बन्धमा येस्तो कुनैपनि बेबस्ता छैन | नतिजा सार्बजनिक भएको१/२ हप्ता सम्म क्याम्पसमा मार्क शीट आउने गर्छ अनि सम्बन्धितक्याम्पस बाट मात्र आफ्नो पुरा नतिजा हेर्न पाइन्छ | येसलाई त्रि.बि को लापरबाही भन्ने कि सूचना प्रविधि जस्तो बिषयलाईउचितस्थानदिन नसकेकोभन्नु | बाहिरी देशमा सूचना प्रविधिको बिकाशलेतिब्रगति लिए पनि हाम्रो देशमा भने सूचना प्रविधिले उचित स्थान लिन सकेको छैन |

त्रि.बिको कम्पुटर विज्ञान तथा सूचना प्रविधि (सिएसआइटी) बिषयपर्तीको लापरबाहीले हामी सम्पूर्ण विधार्थीलाई निरस बनाएकोछ | आजको मुख्य आधारभूत आबस्यकता बनिसकेको सूचना प्रविधि जस्तो बिषयको पाठ्यक्रम परिमार्जित,परिक्षा पर्णली, मौका परिक्षा दिने बेबस्ता , नतिजा प्रकाशितमा ढिलाई जस्ता थुप्रै समस्या लाई त्रि.बि ले बेवास्ता गरिदिदा हामी जस्ता थुप्रै विधार्थीहरुको भबिस्यनै अन्योल मा पर्न सक्छ|                                                                                    

ON AIR

बिबिसि नेपाली सेवा

UP NEXT

बहकिने मन

Back to Top