Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

७० लाख बराबरको अबैध कुखुराका चल्ला बरामद

 असोज । नवलपरासीमा शशस्त्र प्रहरीको टोलीले करिब ७० लाख बराबरको अबैध कुखुराका चल्ला बरामद गरेको छ । भारतबाट अबैधमा भित्राईएको सो कुखुराका चल्लालाई शशस्त्र प्रहरीको टोलीले नवलपरासी र रुपन्देहीको सिमाना क्षेत्रबाट बरामद गरेको थियो । बरामद गरिएको चल्ला करिब ७० हजारको संख्यामा रहेको छ । यसरी शशस्त्र प्रहरीले एकैपटक यती ठुलो संख्यामा चल्ला बरामद गरेको नवलपरासीमा सम्भवत पहिलो पटक हो । शशस्त्र प्रहरी हरपुरका शशस्त्र प्रहरी निरिक्षक रबिन थापाको नेतृत्वमा रहेको प्रहरी गस्ती टोलीले गोप्य सुचनाका आधारमा ठुलो परिमाणमा अबैध भारतिय कुखुराका चल्ला बरामद गरेको छ । यद्यपी यति ठुलो संख्यामा कुखुरा बरामद गरिएको भएपनि यसका कारोबारीहरु कोही पनि पक्राउ पर्न सकेका छैनन् । बरामद कुखुराका चल्लाहरुलाई नष्ट गर्ने तयारी गरिदै छ । यस बारे थप विवरण आउन बाकी छ ।यसरी ठुलो परिमाणमा अबैध कुखुराका चल्ला बरामद हुने तर कारोवारी पक्राउ नपर्नलाई प्रहरीले कारोवारीहरुलाई पक्राउ गर्न नखोजीएको आशंका गरिएको छ ।
 

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top