Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

शोक सभा सम्पन्न

असोज १२ ।
नेकपा एमाले क्षेत्रिय कमिटी तथा तिलोत्तमा विशेष इलाका कमिटीको संयुक्त आयोजनामा
शोक सभा सम्पन्न भएको छ । नेकपा एमाले क्षेत्रिय कमिटीका उपसचिव लक्ष्मी थापाका पिता
झविलाल थापाको सातौं पुन्य तिथिमा उक्त शोक सभा सम्पन्न भएको हो । शोक सभामा
बाल्दै नेकपा एमालेका पुर्व केन्द्रिय सल्लाहकार देवेन्द्र घिमिरेले असल कर्मका लागि
झविलाल थापा प्रेरणाको श्रोत भएको बताउनु भयो । प्रमुख अतिथी घिमिरेले समाजमा
महत्वपुर्ण योगदान पुर्याउदै आउनु भएको स्वर्गिय थापाले देखाउनु भएको कार्यहरुलाई
सबैले अंगिकार गरेर जानु पर्नेमा जोड दिनु भयो । क्षेत्रिय सचिव बोधराज गौडेलको
सञ्चालनमा भएको शोक सभामा नेकपा एमाले अञ्चल कार्यलय सचिव गोपाल भट्टराई,जिल्ला
सचिवालय सदस्य तथा एक नम्वर इञ्चार्ज धु्रब खरेल, सचिवालय सदस्य सिद्धिचरण
भट्टराई,क्षेत्रिय अध्यक्ष निलकण्ठ पौडेल,पुर्व जिल्ला सदस्य श्रृषिराम सापकोटा ,पुर्व क्षेत्रिय
सचिव प्रकाश अर्याल,क्षेत्रिय सदस्य तथा जिल्ला प्रचार विभाग सदस्य भिम गुरुङ,देवदह नगर
अध्यक्ष विद्यालक्ष्मी गुरुङ लगायतको उपस्थिती रहेको थियो 

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top