Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

देवदहमा वालविवाह रोकिएको छ ।

 असोज १६ । रुपन्देहीको देवदह–३, हात्तीडाडामा वालविवाह रोकिएको छ । उमेर नपुगी विवाह गर्न लागेको भन्दै स्थानीय प्रशासनले वालविवाह हुनबाट रोकेको हो । विवाह गर्न अभिभावक मञ्जुरीमा कम्तिमा १८ बर्ष र आफु खुसी विवाह गर्न २० बर्ष नाघेको हुनु पर्ने कानुनी व्यवस्था रहेको छ । वालविवाह हुन लागेको जानकारी पाएपछि देवदह प्रहरी चौकी , रेडियो देबदह र स्थानीय बुद्धिजीविहरुको रोहवरमा वालविवाह हुन रोकेको देवदह प्रहरी चौकीका प्रमुख तुलबहादुर अधिकारीले जानकारी दिनु भयो । नेपालमा विभिन्न महिला सञ्जालहरुले वालविवाह रोक्ने प्रयास गरेपनि गाउघरमा अझै पनि रोकिन सकेको छ्रैन । वालविवाह हुन लागेको केटीको उमेर १५ बर्ष मात्र भएको भन्दै विवाह गर्नबाट रोकेको प्रमुख अधिकारीले बताउनु भयो । उमेर नपुगेको भन्दै स्थानीयवासीले अभिभावकलाई सम्झाएपनि वेवास्ता गर्दै उमेर नपुगी वालविवाह गर्न खोजेपछि वाध्य भएर रोक्नु परेको स्थानीयवासीहरुको भनाई रहेको छ । राज्यले वालविवाह गर्न कानुनी बन्देज लगाए पनि गाउघरमा अझै पनि वालविवाह हुने गरेको भविष्य निर्माण उच्च माविका शिक्षक झविन्द्र पाण्डेले बताउनु भयो । रुपन्देहीको फर्साटिक–३, बेतानी निवासी २६ बर्षीय केटा संग वालविवाह गर्न लागेको हो । आफन्त र नाताहरुको सम्पर्कबाट आफुहरुले विवाह गर्न लागेकोे केटा पक्षको भनाई रहेको छ । यता छोरीको आफै खुसीका साथ विवाह गर्न लागेको केटी पक्षका आफन्तहरुको भनाई रहेको छ । केटीको प्रमाण अनुसार उमेर नपुगेपछि दुलही लिन आएका जन्तीलाई फिर्ता पठाइएको छ । 

ON AIR

बलिउड एक्प्रेस

UP NEXT

देवदह समाचार

Back to Top