Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

संघार समुह भलुहीको नबदुर्गा पुजा कार्यक्रम आज बिधीबत् रुपमा सम्पन्न भएको छ ।

संघार समुह भलुहीको नबदुर्गा पुजा कार्यक्रम आज बिधीबत् रुपमा सम्पन्न भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथी तथा देबदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमीरेले बिकासको लागि नगरपालिकाको सहयोग र समर्थन सधै हुने बताउनु भयो । त्यस्तै बिशिष्ठ अतिथी नेपाली कांग्रेस क्षेत्र नं. १ रुपन्देहीका सभापती हिराबहादुर खत्रीले संघार समुहको यस्तो कार्यले आपसी मेलमिलाप र धार्मिक सहिष्षुणताको वाताबरण बन्ने बताउनु भयो , अतिथीको तर्फबाट बोल्दै रेडियो देबदहका स्टेसन म्यानेजर रमेश पोख्रेलले समाजमा हुने बिभिन्न किर्याकलाबमा रेडियो देबदहले प्रमुख प्राथमिकताका साथ उपस्थिती जनाउने बताउनु भयो । 
कार्यक्रममा नौ दिन सम्म भएको भजन प्रतियोगितामा प्रथम हुने संगम आमा समुह , द्दीतिय हुने श्री जनसिल आमा समुह , तृतीय हुने नारायण भजन समुह र सान्त्वना स्थान प्राप्त गर्ने एकता महिला समुहलाई नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भने , रक्तदान गर्नेहरुलाई प्रमाण पत्रले सम्मान गरिएको थियो ,कार्यक्रम संघार समुहका अध्यक्ष मोहन जि सी को अध्यक्षता र सचिब सुरेन्द्र अधिकारीको संचालनमा भएको थियो ।  सोहीकार्यक्रम को फुलपाती बिसर्जनभने त्रिबेणीधाम नवलपरासीमा गएर गरेको कार्यक्रमका  मिडिया संयोजक केशब पराजुलीले बताउनुभयो  ।  
 

ON AIR

साझा खबर

UP NEXT

बलिउड एक्प्रेस

Back to Top