Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

देवदह लगाएत रुपन्देहीका विभिन्न ठाउमा चोरी गर्ने एक गिरोहलाई इलाका प्रहरी कार्यालय बुटवलले पर्काउ गरेको छ ।

     देवदह लगाएत  रुपन्देहीका विभिन्न ठाउमा चोरी गर्ने एक गिरोहलाई इलाका प्रहरी कार्यालय बुटवलले पर्काउ गरेको छ । लुटेरा समुहले २०७२ साल कार्तिकमा देवदह नगरपालिका वडा नं. ८ बस्ने बर्ष ९२ की चन्द्रकला सापकोटा लाई ओजनदार हतियार प्रहार गरी गर गहना लुटी लगेका थिए उपचारको क्रममा निजको मृत्यु भएको थियो । त्यस्तै यही कार्तिक १२ गते देवदह नगरपालिका वडा नं. २ बस्ने बर्ष २१ की नमकला पाण्डेलाई पनि ओजनदार हतियार प्रहार गरी गर गहना लुटी लगेका थिए उपचारको क्रममा उनको मृत्यु भएको थियो । साथै कार्तिक १४ गते देवदह नगरपालिका ३ सेमराना बस्ने बर्ष २३ की दिपा थापाको घरबाट धनमाल चोरी गर्ने र २०७३ साल भदौमा देवदह १० शितलनगर स्थित बर्ष ६५ की तिल कुमारी न्यौपानेको घरबाट धनमाल चोरी गरेका थिए । बिगत लामो समय देखि श्रृंखला बद्ध हत्यामा संलग्न २ जना लाई लामो समय पछि इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । सर्लाही सुन्दरपुर चौराहा गा. बि. स . वडा न. ८ पिपरभट्टा बस्ने बर्ष ६० को चनरु ह्जारी (पासवान ) र सर्लाही बरथहवा नगरपालिका ५ बस्ने बर्ष ४७ को दिपक विश्वकर्मालाई पक्राउ गरेको अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक रबिन्द्र बहादुर धानुकले जानकारी दिनुभयो । उनीहरुको साथबाट कृष्ण श्रेष्ठको घरबाट चोरी भएको मोबाईल थान १ ,सरस्वती सुनारको घरबाट चोरी भएको मोबाईल थान १, रनमाया पुनको घरबाट चोरी भएको मोबाईल थान १ ,वारदातमा प्रयोग गर्ने फलामे औजार थान(१ र औजार बोकी हिडने झोला,सुन १ तोला १० लाल बरामद भएको इलाका प्रहरीस् कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द मरासीनीले बताउनु भयो  ।उनीहरुले ९भदौ देखी कार्तिक सम्म० चाडबार्डको समयमा तिज, दशै तथा तिहारको मौका छोपी रातीको समयमा घरका अन्य परीवारहरु सुतेका कोठाहरुमा बाहीरबाट चुक्कल लगाई दिने कपडा तथा रसीले ढोकाहरु बाँधी अबरोध खडा गर्ने , बृद्दा अबस्थाका महीला सुत्केरी, एकल महीलाहरुलाइ फलामको वजनदार धारिलो हतियारले टाउकोको कन्चटमा प्रहार गरी गम्भिर घाईते बनाई सुनका गरगहना तथा मोवाईल समेत चोरी गर्दै आएका थिए ।उनीहरुको आक्रमणबाट गम्भिर घाईते भएका महीला ४ जना र पुरुष १ जना गरी अहिलेसम्म ५ को मृत्यु र १५ स्थानमा भएको चोरी समेत गरेको प्रहरीले जनाएको छ ।

ON AIR

साझा खबर

UP NEXT

बलिउड एक्प्रेस

Back to Top