Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

सबै मिलेर काम गरे नमुना बिद्यालय बनाउन सकिने

 
सचिन थारु । धकधई, आषाढ २३ ।
जन चेतना निम्न माध्यमिक बिद्यालयलाई सबै मिलेर काम गरे बाल सुलभ नमुना बिद्यालय बनाउन सकिनेमा  एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।  उनीहरुले बिद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण आधारभूत आवश्यकता पुरा गरि जिल्लाकै नमुना  बालमैत्री  बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताएकाछन्  । 
रोहिणी–३ परासीझुंगामा अवस्थित श्री जन चेतना निमाबिले शुक्रवार आयोजना गरेको स्थानीय तह दोस्रो चरणको निर्बाचनमा निर्बाचित जनप्रतिनिधिहरुको स्वागत तथा बधाई कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन् । 
कार्यक्रममा रोहिणी गाउँपालिका वडा न.३ बाट अध्यक्ष पदमा निर्बाचित राप्रपाका बीर  बहादुर क्षेत्रीले सबै मतदाताहरुलाई धन्यबाद दिदै वडा न ३ को बिकासका लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनु भयो ।  उहाँले यस बिद्यालय र यस  क्षेत्रको बिकासका लागि आफु सधै तत्पर रहेको बताउदै चाडै नै यस  वडालाई फ्री वाईफाई वडाको रुपमा बिकसित गर्ने आफ्नो योजना रहेको बताउनु भयो । 
कार्यक्रममा बिद्यालयका प्र.अ. लक्ष्मी जी.सीले विद्यालयको वर्तमान अवस्था र भावी योजनाको बारेमा प्रकाश पर्दै निर्बाचित सम्पूर्ण जन प्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना दिनु  भएको थियो  ।
सो अवसरमा बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष राम मिलन यादव,शिक्षक अभिभावक संघका अध्यक्ष जित बहादुर मौर्य लगायतले  बधाई तथा शुभकामना दिनु  भएको थियो । विद्यालयको प्र.अ. लक्ष्मी जी.सी.को अध्यक्षता, शिक्षक अनिल प्रसाद यादवको स्वागत मन्तब्य र  शिक्षक शिव कुमार चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top