Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

देवदह नगरमा एमालेको निती तथा कार्यक्रम लागु हुने

असार २३ । देवदह नगरमा एमालेको निती तथा कार्यक्रम लागु हुने पार्टीका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनुभएको छ । नवनिर्वाचित जनप्रतिनिधीहरुको भेलालाइ देवदह खैरेनीमा सम्वोधन गर्दै नेता विश्वकर्माले अवको विकास निर्माणमा कुनै पनि समितीको आवश्यक्ता नरहेको वताउनु भयो ।
      जनताको जनमतको आधारमा ने क पा एमालेले दुई तिहाई भन्दा वढि मत प्राप्त गरेकोले कसैसंग नझुमेर एमालेले  जनताको पक्षमा काम गर्नुपर्नेमा उहाले जोड दिनुभएको थियो । नेकपा एमाले जनताको पक्षमा काम गर्ने पार्टी भएकाले जनताको अहित हुने कुनैपनिकाम नगर्न नेता विश्वकर्माले जनप्रतिनिधीहरुलाई निर्देशन दिनु भएको थियो । जनताको पुर्ण अभिमतलाई जोगाई राख्न एमालेवाट निर्वाचित  जनप्रतिनिधीहरुले हर सम्भव प्रयास गर्नुपर्ने बताउदै उहाले एमालेको जितले जनताहरु उत्साहित भएकोमा जोड दिनु भएको थियो । कार्यक्रममा पार्टीका जिल्ला  सचिवालय सदस्य सिद्धीचरण  भट्टराई , सहकारी विभाग प्रमुख त्रृmषीराम सापकोटा , जिल्ला सदस्य झिल्लु प्रसाद न्यौपाने चक्रपाणी तिवारी क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेल मेयर पदका प्रत्यासी टिकाराम चापागाई लगाएतले वोल्नु भएको थियो  । सो अवसरमा नवर्विाचित प्रतिनिधीहरुले जनताको भावना र चाहना अनुरुप काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए  । निर्वाचन परिचालन कमिटी देवदहका संयोजक प्रकास अर्याल र सह संयोजक यम रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
 

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top