Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

सचेतना कार्यक्रम सम्पन्न

असार २३ । रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसमा रोजÞगार सुचना केन्द्र को आयोजना मा एक सचेतना कार्यक्रम सम्पन्न भएको छ । आफ्नो लागि आफैले रोजÞगार खोज्नु पर्छ , विभिन्न स्थानमा दक्ष  जनशक्तिको आवश्यक रहेकोहुदा काम गर्ने अवसर धेरै हुने कुरामा  बक्ताहरुले जोड़ दिएका थिए । आन्तरिक रोजगारी प्रवर्द्दनका लागि रोजगार सुचना केन्द्रहरु सीप श्रम र रोजÞगारीका सहजकर्ता हुन् जहाँ रोजगारीको खोजिमा रहेका ब्यक्ति र रोजगारदाताहरुको समन्वय तथा भेटघाट हुन्छ , साथै  कार्यक्रम मा धेरै जनशक्तिको आवश्यक रहेकोमा समेत सहभागिले  बताएका  दिएका थिए । कार्यक्रम मा प्रोफÞेसर रामकृष्ण रेग्मी शर्मा , विश्वमणी पोखरेल, रोजÞगार सुचना केन्द्र वुटवलका प्रमुख सरिता पौडेल लगाएतले बोल्नु भएको थियो । कार्यक्रम देवदह आदर्श बहुमुखी क्याम्पसका प्रमुख मित्रलाल न्यौपानेको अध्यक्षता र इन्दिरा अर्यालको संचालनमा सम्पन्न भएको थियो ।  
 

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top