Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

देवदह नगरपालिकामा मेयरद्वारा पुनः घरदैलो

असार २३ । रुपन्देहीको देवदह नगरपालिकामा मेयरमा निर्वाचित भएका हिराबहादुर खत्रीले बिजयपछि पनि स्थानीयसंग पुनः घरदैलो तथा भेटघाट गर्नु भएको छ ।

            आम नागरिककै मतबाट आफु मेयरमा विजय बनेको भन्दै खत्रीले निर्वाचन हुनु पर्व आफु गएका वडा तथा टोलमा पुगेर मतदाताहरुलाई धन्यवाद दिनु भएको छ । बिजयपछि जनभेटघाटमा जानु भएका खत्रीले मेयरको जित आफ्नो मात्र नभएर नगरबासिकै जित भएकाले नगरको विकासमा आफ्नो सम्पुर्ण ध्यान केन्द्रत रहेन बताउनुभयो । स्थानीयको सक्रियतामा देवदहको वडानम्बर ५,  मा शुक्रवार निकालिएको विजयी ¥याली तथा जनभेटघाटमा सहभागि हुनु भएका खत्रीले सबैखाले बिचार राख्नेहरुलाई भेटेर धन्यवाद दिनु भएको थियो । जनभेटघाट कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य जीवलाल पराजुली, पार्व्ति न्यौपाने, जिल्ला सदस्य बासुदेव रिमाल तथा वडा अध्यक्षका प्रत्यासी टेक बहादुर राना लगाएतको  सहभागिता रहेको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top