Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

बैठक सम्पन्न

असार २३ । रुपन्देहीको देवदहमा शिवालय सामुदायिक वन उपभोक्ता समुहको बैठक सम्पन्न भएको छ । बैठकले सिमसार पोखरी निर्माणको समिक्षा र बजेट सार्वजनिक , हरस्पोट भित्रका विरुवा रोपण ,गोडमेल र तारवार सहितको ५ हेक्टर पतझड खालीचौरमा मा विभिन्न जातका वृक्षरोपण सम्पन्न गर्ने निर्णय गरेको छ । साथै हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा देवदह नगरपालिका वडा न. ६का नव निर्वाचित वडा अध्यक्षमा अनुगमन उपसमितीका संयोजक दामोदर क्षेत्री , विकास निर्माण उपसमितीका सदस्य धन बहादुर सुनार खुल्ला सदस्य पदमा र उपभोक्ता सदस्य यमुना पौडेल महिला सदस्य पदमा विजयी हुनुभएकोमा हाद्धिक बधाई तथा शुभकामना ब्यक्त गरेको छ । बैठकमा शितलनगर इलाका वन कार्यालयका प्रमुख कृष्ण ज्ञवाली , सल्लाहकार बासुदेव रिमाल , यम कुमारी भुसाल , रामचन्द्र पौडेल , लगाएतको उपस्थिती थियो । कार्यक्रम समुहका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षता र  सचिव शोभा काफ्लेको संचालनमा सम्पन्न भएको थियो ।
 

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top