Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

देवदह, २४ असार । रुपन्देहीको देवदहमा नवनिर्वाचत प्रतिनिधीहरुलाई बधाई तथा शुभकामना एवं स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
       सुचनाका लागि सामुदायिक संचार अभियान द्धारा संचालित रेडियो देवदह १०६ थोप्लो ६ मेगाहर्जलले नव निर्वाचित प्रतिनिधीहरुलाई शुभकामना तथा वधाई दिदै रेडियोमा स्वागत कार्यक्रम गरेको हो । कार्यक्रममा नवनिर्वाचित देवदहका मेयर हिरा बहादुर खत्रीले  रेडियोको भवन निर्माणको उदाहरण दिदै सबै देवदह वासी मिलेर काम गरेमा देवदहको विकासमा केही पनि असम्भव छैन भन्नु भएको छ । उहाले देवदहको अब्यवस्थित बसोवास ब्यबस्थित गर्न सबै राजनैतिक दल हरु मिलेर काम गरेमा सजिलै जग्गा धनि प्रमाण पुर्जा समेत  वितरण गर्न  सकिने वताउनु भयो ।  कार्यक्रममा वडा नं १ का अध्यक्ष रमेश भुसाल ,   २ का धर्मागत पाण्डे , ३ का बैकुण्ठ बहादुर कुवर , ४ का दिपक चापागाई ५ का झिल्लु प्रसाद न्यौपाने , ६ का दामोदर क्षेत्री , ७का पदम थापा , ८ का डण्डपाणी भट्टराई , रेडियो देवदहका सल्लाहकार जिवलाल पराजुली ,  लिलाधर मरासिनी , कोषाध्यक्ष प्रकास अर्याल , सचिवालय सदस्य तेजु अर्याल , संचालक समिती सदस्य गणेश कुमार खाती , सरस्वती वस्याल , निर्मला चौधरी , लगाएतको उपस्थिती थियो । कार्यक्रम रेडियो देवदहका अध्यक्ष कृष्ण प्रसाद पौडेल को अध्यक्षता , वरिष्ठ  उपाध्यक्ष त्रृmषीराम सापकोटा स्वागत , उपाध्यक्ष विष्णु प्रसाद पौडेलको धन्यवाद ज्ञापन र महासचिव निर्मल ढुंगानाको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमको रेडियो देवदहले प्रत्यक्ष प्रसारण समेत गरेको थियो  ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top