Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

देवदह, असार २५
     चुरे संरक्षणको लागि आम नागरिकहरु एक भएर लाग्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका बक्तहरुले जोड दिइएका छन् । उनीहरुले चुरेको संरक्षण हुन नसकेमा तराईको पानी समेत सुक्न सक्ने अवस्था रहेको बताएका थिए ।

     जिल्ला वन कार्यालय रुपन्देहीद्धारा आयोजित राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने बक्ताहरुले उक्तकुरा बताएका हुन । कार्यक्रममा बोल्दै जिल्ला वन कार्यालय रुपन्देहीका जिल्ला वन अधिकृत रोमनाथ लामिछानेले सामुदायिक वनले चुरे क्षेत्रको संरक्षणमा महत्वपुर्ण भूमिका रहेको बताउनु भयो । उहाले चुरे संरक्षणमा सम्पुर्ण सरोकारवालाहरु एक भएर लाग्नु पर्नेमा जोड दिनु भयो । सोही कार्यक्रममा जिल्ला भूसंरक्षण कार्यलयका प्रमुख आनन्दराज मिमिरेले रुपन्देहीमा रहेको चुरे क्षेत्र संरक्षणमा निरन्तर लागिरहनु पर्नेमा जोड दिनु भयो । गाउ वन समन्वय जञ्जाल रुपन्देहीका उपाध्यक्ष तेज बहादुर कुवर क्षेत्रीको अध्यक्षता, कमला न्यौपानेको स्वागत र वसन्त दाहालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
     त्यसै गरी वन डढेलो नियन्त्रण सञ्जाल निर्माण तथा परिचालन सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । सन्त बहादुर गाहाको अध्यक्षता, रुका सापकोटाको स्वागत र राजन खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top