Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

आमनागरिकलाई छिटो, छरितो तरिकाले सेवा प्रदान गर्नुपर्ने : खत्री

असार २८
        जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै वडा अध्यक्षहरुले काम गर्नुपर्ने देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीले बताउनु भएको छ । उहाले आमनागरिकलाई छिटो, छरितो तरिकाले सेवा प्रदान गर्नुपर्ने बताउदै ईमान्दारी पुर्वक जनताको हितमा काम गर्न आग्रह गर्नु भयो । देवदह नगरपालिका–८, का नवनिर्वाचित वडा अध्यक्ष डण्डपाणी भट्टराईको पदभार कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । नगर प्रमुख खत्रीले देवदह नगरपालिकालाई ५ बर्षभित्र समृद्ध नगरपालिका बनाउने सोच रहेको र त्यसको लागि वडा अध्यक्षहरुका प्रमुख भूमिका हुनेमा जोड दिनु भयो । प्रमुख खत्रीले खोलाजन्य पदार्थमा भईरहेकोे दोहनको अन्त्य गर्दै देवदह नगरलाई कृषि र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै जानेमा जोड दिनु भयो । नगर प्रमुख खत्रीले अव्यवस्थित बसोवासीहरुको तथ्याक संकलन गरी अव्यवस्थितहरुलाई व्यवस्थित गर्न देवदह नगरपालिका लाग्ने हुदा वडा कार्यालयले तथ्याक संकलन गर्न भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदहलाई भ्रष्टचार र महिला हिंसा मुक्त नगरपालिका निर्माण गर्न सम्पूर्ण वडा अध्यक्ष एवं सदस्यहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।

        पदभार कार्यक्रममा देवदह–८, का निर्वाचित सदस्यहरु फुलकुमारी विक, पुष्पा थारु, नामावली बुढा लगायतको सहभागिता रहेको थियो । त्यसैगरी वडा नं ५ का वडा अध्यक्ष झिल्लुप्रसाद न्यौपानेले पनि पदभार ग्रहण गर्नु भएको छ । देवदह–५, प्रगति बजारको कृषिभवनमा स्थापना गरिएके वडा कार्यालयमा एक कार्यक्रमका वीच वडा अध्यक्ष न्यौपानेले पदभार ग्रहण गर्नु भएको हो । निर्वाचित वडा सदस्यहरु शंकर चौधरी, विष्णु पाण्डे, तोलराज विक समेतको उपस्थिती रहेको थियो । त्यस्तै गरि चरेङ्गेमा स्थापना गरेको वडा कार्यालयमा वडा अध्यक्ष सुनारले एक कार्यक्रमका वीच पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नगर अधिकृत श्रीकृष्ण नेपाल, प्रशासकीय अधिकृत गंगाप्रसाद पन्थी र राजनैतिक दलका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top