Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

स्थानीय तहको निर्वाचन देवदह नगरकार्यपालिकामा पूर्णता

साउन २ ।

          स्थानीय तहको निर्वाचन संगै रुपन्देहीको देवदह नगरकार्यपालिकाले पूर्णता पाएको छ । संविधानमा निर्वाचनबाट निर्वाचित महिला सदस्यबाट ५ जना र अल्पसंख्यकबाट ३ जना कार्यपालिकामा निर्वाचनबाट लैजाने व्यवस्था अन्र्तगत निर्विरोध निर्वाचित भएपछि देवदह नगरकार्यपालिकाले पूर्णता पाएको हो । नेकपा एमालेले वाहेक अन्य राजनैतिक दलहरुले निर्वाचन प्रक्रियामा भाग नलिएपनि निर्विरोध चयन भएका हुन । निर्वाचितहरुलाई एक कार्यक्रमका वीच सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्य सम्पन्न भएको छ ।

          कार्यपालिकामा निर्वाचित महिलाबाट डुमकुमारी विक, रामदुलारी कवर, लक्ष्मी विक, विष्णु पाण्डे, शान्ता भट्टराई र अल्पसंख्यबाट बन्धु कुमाल, टेकबहादुर विक, मुराली चमार रहनु भएको छ । निर्वाचन अधिकृत श्रीकृष्ण नेपालको अध्यक्षता र नवनिर्वाचित देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख खत्रीले समग्र देवदहको विकास र आमनागरिकको पक्षमा काम गर्न निर्वाचितहरुलाई आग्रह गर्नु भयो । उहाले कार्यपालिकाको नीति र निर्देशनलाई आत्मसाथ गर्दै सदैव जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनु भयो । त्यसैगरी उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले समस्याको समाधान गर्दै ५ बर्ष भित्र देवदहलाई समृद्ध नगरपालिका निर्माण गर्न सम्पूर्ण सदस्यहरु ईमान्दार भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top