Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

कराँते बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न

श्रावण ३

      रुपन्देहीको देवदहमा कराँते बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । डि एम टि ए डोजो र वल्र्ड कराँते बुदोकाई केकुसिन काइकानको संयुक्त आयोजनामा बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको हो । २५ जना कराँते खेलाडीहरु सहभागि रहेको बेल्ट ग्रेडीङमा पाच जना ब्ल्याक बेल्टमा, तीन जना ग्रीन बेल्टमा, आठ जना यल्लो बेल्टमा,तीन जना ब्लु र पाच जनाले ओरेन्ज बेल्ट पाउन सफल भएको डोजोका प्रशिक्षक एवम निर्देशक लक्ष्मण श्रेष्टले जानकारी गराउनु भयो । प्रशिक्षक श्रेष्टका अनुसार ब्लेक बेल्टमा सपना आले,अनान पुर्जा, अम्वीका पुर्जा,विशाल सुनार र पुजा जिसीले बल्ट पाउन सफल भएका छन भने ग्रीन बेल्ट तर्फ तमन्ना सुनार, सुजन बश्याल र प्रविन श्रीपालीले प्राप्त गर्न सफल भएको जानकारी गराउनु भयो । ग्रेडिङका लागि लिखित ,मौखिक,शारिरीक व्ययाम, काँता, कुमिते लगायतको परिक्षा भएको प्रशिक्षक श्रेष्ठले बताउनु भयो । बेल्ट प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी देवदह डेभलपमेन्ट सोसाइटीका अध्यक्ष भिम गुरुङले युवा विद्यार्थीहरुका लागि खेलकुद निक्कै फलदायी हुने बताउनु भयो ।

      कार्यक्रममा पुर्वि क्षेत्र निजी विद्यालय परिवार इप्सा रुपन्देहीका उपाध्यक्ष तथा देवदह मदर टङ्स एकेडेमीका प्रिन्सिपल रामबहादुर गुरुङले बेल्ट प्राप्त गर्न सफल खेलाडीहरुलाई बधाई दिनु हुदै यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको चौतर्फी विकास हुने बताउनु भयो । कार्यक्रम निर्देशक तथा प्रशिक्षक लक्ष्मण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गुरुङ तथा बुटवल उपमहानगर पालिकाका अधिकृत विजय देव भुर्तेलले अबिर तथा बेल्ट प्रदान गर्नु भएको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top