Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

पद हस्तान्तरण कार्यक्रम सम्पन्न

साउन १४ । रुपन्देहीको देवदहमा पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । रोट्रर् याक क्लव अफ तिलोत्तमा देवदहको आयोजनामा ५ औ पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रम शनिवार सम्पन्न भएको हो ।

     कार्यक्रममा वोल्दै देवदह नगरपालिका का प्रमुख हिरा बहादुर खत्रीले देवदहमा युवा शक्तिको परिचालनको लागि यस्ता क्लवहरुको महत्वपूर्ण योगदान रहेको वताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका खत्रीले लागुपदार्थ प्रयोग कर्तालाई न्युनीकरण गर्नको लागि देवदहमा रहेका क्लवहरु संग सहकार्य गर्ने वचनवद्ता ब्यक्त गर्नु भयो । कार्यक्रम मा राजीव सापकोटा , विष्णु प्रसाद पौडेल , मोहन न्यौपाने बालकृष्ण अर्याल लगाएत ले मन्तव्य व्यक्त गर्नु भएको थियो । बर्ष २०१६र१७ का अध्यक्ष माधव ढकालको अध्यक्षता , गणेश सापकोटा को स्वागत मन्तब्य र सचिव दिपेस अर्यालको संचालन मा कार्यक्रम सम्पन्न भएको छ । साथै कार्यक्रम मा वर्ष २०१७-१८ को लागि माधव आचार्य को अध्यक्षतामा नया समिति चयन गरिएको छ । जसको प्रथम उपाध्यक्षमा विनोद थापा मगर द्वितीय उपाध्यक्षमा दिपेश अर्याल सचिवमा सुमा डुम्रे लगाएतका रहनु भएको छ ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top