Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

स्थीर सरकार विना समृद्ध राष्ट्र निर्माण हुन नसक्ने ः विश्वकर्मा

मंसीर १७ ।

   स्थीर सरकार विना समृद्ध राष्ट्र निर्माण हुन नसक्ने नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ ।

               उहाँले स्थिर सरकार र समृद्ध राष्ट्र निर्माणको लागि वामपन्थीको सरकार आवश्यक रहेकोले एमाले र माओवादी केन्द्र वीच वामगठवन्धन निर्माण गरी निर्वाचनमा होमिएको बताउनु भयो । उहाँले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा वामपन्थीहरुको दुईतिहाई बहुमत आउने दावी गर्दै वामपन्थी सरकारले मात्र आमनागरिकको अधिकार सुनिश्चित हुने बताउनु भयो । रुपन्देहीको क्षेत्र नं १, प्रतिनिधिसभा उम्मेदवार समेत रहनु भएका नेता विश्वकर्माले क्षेत्र नं १, को विकासको लागि आफु सदैव लागिरहेको र अवका दिनमा पनि लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । रोहिणी गाउपालिका र ओमसतिया गाउपालिकाको विभिन्न वडाहरुमा घरदैलो गर्दै नेता विश्वकर्माले उक्त कुरा बताउनु भएको हो । सोही कार्यक्रममा बोल्दै क्षेत्र नं १, प्रदेशसभा १, का उम्मेदवार डा. कृष्णप्रसाद न्यौपानेले वामपन्थीको जीतले मात्र क्षेत्र नं १, को विकास हुने हुदा अहिलेको निर्वाचनमा वामगठवन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह गर्नु भयो ।

          रुपन्देहीको क्षेत्र नं १, विकासको हिसावले धेरै संभावना रहेको क्षेत्र भएकोले यस क्षेत्रलाई पर्यटकीय र कृषि क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

ON AIR

UP NEXT

Back to Top