Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

रज्जाकद्वारा घरदैलो कार्यक्रम सम्पन्न

१७ मंसिर ।

           नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधीसभाका उम्मेद्धवार अब्दुल रज्जाक र प्रदेशसभा २ का उम्मेद्धवार हरि न्यौपानेले आफ्नो क्षेत्रका विभिन्न स्थानमा संयुक्त घरदैलो गर्नुभएको छ ।

          उहांहरुले कुरहुरीया, डांडवा, बहिरीहवा, मैनिहवा, श्रीनगर, बेलराई, पोखरभिन्डी, लखनगाउं, बगाहा, बसन्तपुर लगायतका स्थानमा मतदाताहरु संगको भेटमा उहांहरुले स्थानिय मतदाता माँझ सिंचाई, स्वास्थ्य तथा बाटोको समस्या हटाउने प्रतिबद्धता जनाउंदै आफूहरुलाई मत हाल्न आग्रह गर्नुभएको थियो । आफ्नो घरदैलोमा पुगेका मतदाताहरुलाई मत दिने विश्वास मतदाताहरुले दिलाएका छन् । यसैबीच प्रदेशशभा २ का उम्मेद्धवार हरि न्यौपानेले आफ्नो क्षेत्रको देवदह नगरपालिका–१० मुढाबासमा पनि घरदैलो संगै आयोजित सभालाई सम्बोधन गर्नुभएको छ । सभामा उम्मेद्धवार नयौपानेले कांग्रेसकै पहलमा बनेको चरङ्गेको कालोपत्रे बाटो र पुल नमूना मात्रै भएकाले आफ्नो जितले बांकी रहेका विकासका काम जस्तै मुढाबासलाई सुनौलो गाउंको रुपमा विकास गर्ने, तटबन्धन गर्ने, डिपिआर परेको पाल्पाको लागि वैकल्पिक मार्ग निर्माण ढिला नगरी सम्पन्न गर्ने, होमस्टे निर्माण र पर्यटक आगमनको मुख्य गन्तव्य बनाउने प्रतिबद्धता जनाउनु भयो । यस्तै सभामा आफ्ना भनाई राख्दै पूर्वमन्त्रि दुर्योधन सिंह चौधरीले मुढाबास बासीले आफ्ना पालामा पनि कांग्रेसलाई माया गरेर जिताएको स्मरण गर्दै पुन ः विकासको आधार बोकेको पार्टी कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।

        सभामा बोल्दै देवदह नगरपालिकाका प्रमुख हिराबहादुर केसीले आफू प्रमुखमा विजयी हुनुमा सहयोगी बनेका चरङ्गे मुढाबासका स्थानियलाई धन्यवाद दिंदै त्यस क्षेत्रमा आफूले शुरु गरेका विकासका कामको पूर्णता र त्यस क्षेत्रको समग्र विकासका लागि कांग्रेसको जितले मात्रै सम्भव रहेको बताउनुभयो ।

ON AIR

क्यापिटल न्युज

UP NEXT

हिन्दी गित संगीत

Back to Top