Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

रुख चिन्ह लिदैंमा कांग्रेस भैदिन्न ः पौडेल

भैरहवा, मंसिर १६ । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद पौडेलले रुख चिन्ह लिएर चुनाब लड्दैमा कांग्रेस नहुने तर्क गरेका छन् ।
 
२०३६ सालमा नेपाली कांग्रेसको सक्रिय सदस्य भई पार्टिको विभिन्न जिम्मेवारी पुरा गर्दै आएका पौडेल नेपाली कांग्रेस रुपन्देहीका प्रभावशाली नेता हुन् । साढे ३ दशक नेपाली कांग्रेसको पुर्णकालिन सदस्य भएर पन्चायत विरुद्ध लड्दा आफ्नो दाहिने आखां समेत गुमाएका पौडेल अहिले रुपन्देही क्षेत्र नम्बर १ प्रदेशसभा २ मा बालक चुनाब चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका छन् ।
 
चुनाब प्रचार प्रसारमा क्रममा घरदैलोको क्रममा पोखरभिण्डीमा भेटिएका पौडेलले पत्रकारसंग भने ‘ आधिकारीक उम्मेदवारलाई किन भोट दिने भनेर सबै मतादाताले प्रश्न गरिरहेको छन् । अहिले कांग्रेसका साथीहरुका आंखामा आशु छ । कांग्रेसका आधिकारीक उम्मेदवार भनेर आएका हरु माफीया हुन् । किनकी रुख चुनाब चिन्ह लिदैंमा कांग्रेस हुदैन ।‘
 
नेता पौडेलले कांग्रेसको नेतृत्वले गलत गरेको दाबी गर्दैै रुपन्देहीमा पार्टिलाई माफीयाकरणको विरुद्धमा, तस्करीकरण गर्नुको विरुद्धमा, मण्डलेकरण गर्नेको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
 
भावुक हुदैं नेता पौडेलले पार्टिभित्र मण्डलेकरण हाबी भएको समेत दाबी गरे ।
 
नेपाली कांग्रेस रुपन्देहीले रुपन्देही क्षेत्र नम्बर १ प्रदेश सभा १ बाट पाटिले पौडेललाई उम्मेदवार टिकट दिएको थियो । अन्तिम समयमा उनको ठाउमा पाटिले अर्को उम्मेदवार बनाएको छ ।
 
पौडेलले पाटि नेतृत्वले आर्थिक दबाब र प्रभावमा परी यस्तो गलत काम गरेको पनि नेतृत्वलाई आरोप लगाए ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top