Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

एक असाहय व्यक्तिको उद्दार

मंसिर २२ । रुपन्देहीको देवदह ५ का एक असाहय व्यक्तिको आज उद्दार गरिएको छ ।
             देवदह ५ स्थित प्रगतीवजारमा विगत एक हप्तादेखि विस्तरामा मृत्यु संग संघर्ष गर्दै गर्नुभएका महाविर थापालाई उद्धार गरिएको हो । परिवारमा अन्य सदस्य नभएका महाविरलाई स्थानिय समाजसेवी सिमा गुरुङ्ग , वालकुमार क्षेष्ठ , दुर्गा शर्मा लगाएतका व्यक्तिहरुको पहलमा आज उपचारका लागि लुम्विनी अञ्चल अस्पताल लगिएको हो  ।  
           विहिवार मतदानको रिपोटिङ्गको लागि केरवानी मा वि मा पुग्नु भएका स्थानिय संचारकर्मी रमेश पोखरेल ले महाविर पुनको फोटो फेसवुकमा पोस्ट गरेपछि सहयोगको लागि जुटेको समाजसेवी सिमा गुरुङ्गको भनाई छ । साथै यु ए ई वाट देवदह सम्पर्क समाजका अध्यक्ष रमेश न्यौपाने , शुक्रवारे हाटवजार व्यापारीहरु र स्थानियहरुको आर्थिक तथा मानविय सहयोगमा उहाँलाई अस्पताल लगिएको हो । उहाँको अहिले लुम्विनी अञ्चल अस्पतालमा उपचार भई रहेको छ  ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top